साताको पहिलो दिन बीमा कम्पनीहरुको उत्साहप्रद प्रदर्शन, यी कम्पनीका सेयरधनी भए मालामाल

2020-08-23
साताको पहिलो दिन बीमा कम्पनीहरुको उत्साहप्रद प्रदर्शन, यी कम्पनीका सेयरधनी भए मालामाल

काठमाण्डौ । साताको पहिलो दिन आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको दोस्रो बजारमा कारोबार उत्साहप्रद रह्यो। आज दुवै उपसमूहको परिसूचकमा उल्लेख्य वृद्धि देखियो। आज जीवन बीमा कम्पनीको परिसूचक १७३.८४ अकंको वृद्धि हुदै ८६९४.०६ को उचाई पुग्यो। त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक २३३.२२ अंकको बढोत्तरीसंगै ६९६८.५२ बिन्दुको उचाई पुग्न सफल रह्यो। १२ वटा परिसूचक मध्य आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा सबैभन्दा धेरै वृद्धि देखियो। 

यो दिन सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा ५ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। यो दिन नेको इन्सुरेन्स लिमिटेडको सेयर मूल्यमा ४९ रुपैयाँको बढोत्तरी संगै कम्पनीको प्रति सेयर मूल्य ७२९ कायम भयो। त्यस्तै अर्काे कम्पनी प्रिमियम इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा पनि ३९ रुपैयाँको वृद्धिसंगै यसको मूल्य ६९६ रुपैयाँ कायम भयो। 

यो दिन सिद्र्धाथ इन्स्योरेन्सको सेयर मूल्य ३५ रुपैयाँले बढ्दै ६६५ रुपैयाँ कायम भयो। प्रभु इन्स्योरेन्सको सेयर मूल्यमा पनि २४ रुपैयाँको वृद्धि भयो। यससंगै कम्पनीको प्रति सेयर मूल्य ५३८ रुपैयाँ कायम भयो। यसैगरी आईएमइ जनरल इन्स्योरेन्सको सेयर मूल्य पनि २२ रुपैयाँले उकालो लाग्दै ४९६ रुपैयाँ कायम भयो। 

यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीभित्र कुनै पनि बीमा कम्पनीहरु परेनन्। 

बजारमा अरु के–के भयो ?
यो दिन नेप्से परिसूचक १२.७७ अकंले बढी १४१०.३४ को बिन्दुको उचाईमा पुग्यो। बजारमा १८४ कम्पनीका २४ लाख ९८ हजार ६६२ कित्ता सेयर १ अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ रुपैयाँमा किनबेच भयो। 

यो दिन व्यापार, हाइड्रोपावर र म्युचुअल समूहको उपसूचक क्रमश २.५६, १.३८ र ०.०३ अंकले घटेपनि बाकी सबै उससमूहको सूचकमा हरियो पोतियो। बैंकिङ समूह ४.८ अकंले बढेको यो दिन होटल, विकास बैंक, वित्त, र उत्पादन तथा प्रशोधन समूहमा क्रमश २३.९४, ७.९३, ६.०३ र ८८.२३ अकंको वृद्धि देखियो। 

यसैगरी अन्य समूह ४.१४ अकंले बढ्यो भने लघुवित्त पनि २३.६१ अकंले बढ्यो। 

यस दिन एउटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए। 

त्यस्तै यो दिन सबैभन्दा धेरै पन्चकन्या माई हाइड्रो लिमिटेडका लगानीकर्ताले ३.७० प्रतिशतले सम्पत्ति गुमाए। 

आज  सबैभन्दा धेरै नेको इन्सुरेन्सले १४ करोड ६४ लाख ३ हजार बढीको कारोबार गर्यो। धेरै कारोबार गर्ने शीर्ष १० कम्पनीको सूचिमा शिव्म, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी परे। यि तिन कम्पनीले क्रमश ७ करोड १९ लाख, ६ करोड ६८ लाख र ५ करोड ७४ लाख बढीको कारोबार गरे। 

 


Share this with your friends: