सानिमा जनरलको आईपीओमा आवेदन आज अन्तिम दिन

2020-10-11
सानिमा जनरलको आईपीओमा आवेदन आज अन्तिम दिन

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

यहि असोज २१ गतेदेखि आईपीओ खरिदका लागि आवेदन खुल्ला गरेको कम्पनीको आईपीओमा तेस्रो दिनसम्म झण्डै ७ लाख आवेदन परिसकेको छ। यो संख्या मागभन्दा ६ गुणा बढी हो। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो। 

कुल निश्कासन हुने कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहको २७ लाख ३० हजार कित्ता भने सर्वसाधारणको लागि छुट्याइएको छ । 

सानिमा जनरल इन्स्योरेसको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिट लिमीटेड रहेको छ । 

यो कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओबाट ३० करोड जुटेपछि १ अर्ब रुपैयाँ हुनेछ। 

 


Share this with your friends: