सिद्धार्थ बैंकको ऋणपत्र खरिदमा आवेदन दिने आज अन्तिम दिन

2020-10-06
सिद्धार्थ बैंकको ऋणपत्र खरिदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज १६ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र खरिदको आवेदन खुलाएको थियो ।  

बैंकको ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक ऋणपत्र निष्कासन गरिएको थियो । 

यो ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ युनिटका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सबै युनिटका लागि खरिद आवेदन दिन सक्नेछन्। 
ऋणपत्रका कुल युनिटमध्ये १८ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख युनिट सर्वसाधारणका लागि निष्कासन गरिएको हो। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल युनिटमध्ये पनि ५५ अर्थात ६० हजार युनिट सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
र्वसाधारणले बाँकी ११ लाख ४० हजार युनिटका लागि खरिद आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्कान बन्द छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गते बैंकिङ समयपछि हुनेछ। 

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

सातवर्षे यो ऋणपत्रमा बैंकले वार्षिक ८।५५का दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गर्नेछ।


Share this with your friends: