एचआईडीसीएलको हकप्रद सेयरको लिलामी स्थगित

2022-02-25
एचआईडीसीएलको हकप्रद सेयरको लिलामी स्थगित

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को लिलामी सेयरको बिक्री स्थगित गरिएको छ । धितोपत्र बोर्डको फागुन १२ गतेको पत्रअनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि कम्पनीको लिलामी सेयरको बिक्री  स्थगित गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले गत फागुन १ गतेदेखि  संस्थागत समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको हो । 

कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा बिक्री नभएको संस्थागत समूहतर्फको ३ करोड ३० लाख अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियोृ । 


Share this with your friends: