एनएमबि बैंकको ऋणपत्र बाँडफाँड

2022-05-25
एनएमबि बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म जारी गरिएको ३.५० अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९३/९४’ नामक ऋणपत्र जेठ १० गते मंगलबारका दिन बाँडफाँड गरिएको हो । 

रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ । 

बैंकले गत वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म ३.५० अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९३/९४’ नामक ऋणपत्र निष्कासन गरेको थियो । 

यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइ ९५ प्रतिशत अर्थात ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित० को सार्वजनिक निष्कासन गरिएको थियो ।


Share this with your friends: