एलआईसीको भ्यालुएसन ४३.४० करोड भारु पुग्ने,बीमितका लागि पनि आईपीओ

2022-02-04
एलआईसीको भ्यालुएसन ४३.४० करोड भारु पुग्ने,बीमितका लागि पनि आईपीओ

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी‘लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया’(एलआईसी)को भ्यालुएसन यो वर्षको अन्त्यसम्म ४३.४० लाख करोड भारतीय रुपैयाँ पुग्ने जनाइएको छ। लन्डनको ब्रान्ड फाइनान्सको रिर्पोटमा यस्तो जनाइएको हो। 

रिपोर्टका अनुसार सन् २०२७ सम्ममा एलआईसीको भ्यालुएसन बढेर ५८.९ लाख करोड भारतीय रुपैयाँ पुग्नेछ। रिपोर्टमा एलआईसीलाई भारतको सबैभन्दा बलियो ब्रान्डको रुपमा लिइएको छ। यसको ब्रान्ड भ्यालुएसन ६४७२२ करोड भारतीय रुपैयाँ रहेको छ। विश्वस्तरमा एलआईसी विश्वको तेस्रो ठूलो बलियो बीमा ब्रान्ड हो। ब्रान्ड भ्यालुएसन रिपोर्टका अनुसार सन् २०२१ मा यो कम्पनी मस्ट भ्यालुएबल ब्रान्डको मामिलामा ३२ अंकको छलांङ मार्दै विश्वको २०६ औँ स्थानमा पुगेको छ। सन् २०२० मा कम्पनी २३८ औँ स्थानमा थियो। 

रिर्पोटका अनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा एलआईसीको ब्रान्ड भ्यालुएसन ६.८ प्रतिशतले वृद्धि भएको छ। जबकी यो अवधिमा विश्वका शीर्ष १०० बीमा कम्पनीहरुको मूल्यमा ६ प्रतिशतको गिरावट आएको छ।

विश्वका शीर्ष १० बीमा कम्पनीको सूचीमा समावेश भएको भारतको एक मात्र बीमा कम्पनी हो एलआईसी। यो सूचीमा चीनका ५ वटा बीमा कम्पनी समावेश छन्। यी मध्ये पिंग एन इन्स्योरेन्स सबैभन्दा धेरै भ्यालुएन भएको बीमा ब्रान्ड हो। तर यसको मूल्यमा २६ प्रतिशतको गिरावट आएको छ। त्यस्तै यो सूचीमा अमेरिकाका २, फ्रान्स र जर्मनीको एक–एक वटा बीमा  कम्पनी समावेश छन्। 

एलआईसीले भारतको अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरिरहेको छ। यो आईपीओ यसै वर्षको मार्च महिनाको अन्त्यसम्म आईपुग्ने जनाइएको छ। भारत सरकारले एलआईसीको ५ प्रतिशत स्वामित्व बिक्रीबाट ४० देखि ५० हजार करोड भारतीय रुपैयाँ जुटाउने लक्ष्य बनाएको छ। यसअघि यो लक्ष्य १० प्रतिशत स्वामित्व बिक्रीबाट १ लाख करोड भारतीय रुपैयाँ जुटाउने थियो। 

एलआईसीको आईपीओमा पोलिसीहोल्डरहरुका लागि १० प्रतिशत हिस्सा सुरक्षित राखिएको छ। अर्थात करीब ४ देखि ५ हजार करोड भारतीय रुपैयाँबराबरको सेयर पोलिसीहोल्डरहरुले प्राप्त गर्नेछन्। एलआईसी भारतसँग ३२ करोड पोलिसीहरु र सवा लाख कर्मचारी रहेको छ।  

 


Share this with your friends: