एलआईसी भारतको दोस्रो ठूलो कम्पनी बन्न सक्ने,यस्तो छ कारण

2022-01-12
एलआईसी भारतको दोस्रो ठूलो कम्पनी बन्न सक्ने,यस्तो छ कारण

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी(भारत)को आईपीओ मार्च महिना अघि नै बजारमा आउने सम्भावना रहेको बताइएको छ। भारत सरकारको लगानी लक्ष्यका लागि यो आईपीओ महत्वपूर्ण रहेको र यहि कारण यो आईपीओलाई सफल बनाउनका लागि हरसम्भव प्रयास भईरहेको बताइएको छ। भारतीय सञ्चार माध्यमका अनुसार भारत सरकारले एलआईसीको मूल्यांकन(भ्यालुएसन) १५ लाख करोड भारतीय रुपैयाँ(करीब २०३ अर्ब डलर)गर्न चाहेको छ। 

तर अहिलेसम्म कम्पनीको अनुमानित मूल्यका बारेमा अन्तिम रिपोर्ट भने आईसकेको छैन। यसको सम्मिलित(एम्बेडेड) मूल्य ४ लाख करोड भारतीय रुपैयाँभन्दा अधिक हुने र मार्केट भ्यालु यसको चार गुणासम्म हुन सक्ने रिपोर्टमा बताइएको छ। तथापी अन्तिम रिपोर्ट आएपछि यसको भ्यालुएसन परिवर्तन हुन सक्ने जनाइएको छ। 

एलआईसीको आईपीओको लागि यो महिनाको अन्तिममा वा आगामी महिनाको सुरुवातमा प्रोस्पेक्टस पेस गरिने सम्भावना रहेको छ। यसमा कम्पनीको सम्मिलित मूल्य समावेश हुनेछ। सामान्य रुपमा कुनै पनि बीमा कम्पनीको मार्केट भ्यालु सम्मिलित मूल्यभन्दा ३ देखि ५ गुणासम्म अधिक हुने गर्दछ। यदि लगानीकर्ता यसमा सहमत हुन्छन् भने एलआईसी भारतको रिलायन्स इन्डस्ट्रिज तथा टाटा कन्सल्टेन्सी सर्भिसेज जस्ता कम्पनीहरुको जमातमा समावेश हुनेछ। मार्केट क्पापका आधारमा अहिले भारतको सबैभन्दा ठूलो कम्पनी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज हो। रिलायन्सको मार्केट क्याप १७ लाख करोड भारतीय रुपैयाँ रहेको छ।    


Share this with your friends: