काठमाण्डौ । सन् २०२५ सम्म चीनको निर्जीवन बीमा उद्योग ३१३ बिलियन अमेरिकी डलरबराबर(२.१३ ट्रिलियन चिनीया युआन)को पुग्ने प्रक्षेपण गरिएको छ। ‘ग्लोबल डेटा’का अनुसार प्रत्यक्ष बीमाशुल्क आर्जनका आधारमा सन् २०२० मा १९६.८ बिलियन डलर रहेको चीनको निर्जीवन बीमा उद्योग सन् २०२५ सम्म २.१३ ट्रिलियन डलरबराबरको पुग्ने अनुमान गरिएको हो।
ग्लोबल डेटाले हालै सार्वजनिक गरेको रिपोर्टका अनुसार सन् २०२० देखि २०२५ सम्म चीनको निर्जीवन बीमा उद्योगको वार्षिक वृद्धिदर ९.५ प्रतिशत रहनेछ।
तथापी यो प्रक्ष्येपणलाई नियामकिय परिवर्तन, वर्तमान आर्थिक चुनौति र कोरोना महामारीको पुनरावृत्तिले छायामा पार्ने देखिन्छ।
ग्लोबल डेटाकी सिनियर इन्स्योरेन्स एनालिष्ट डेब्लीना मित्र भन्छिन्, ‘विश्वको दोस्रो ठूलो निर्जीवन बीमा उद्योग भएतापनि चीनको इन्स्योरेन्स पेनिट्रेसन दर १.३ प्रतिशत मात्रै रहेको छ। जुन विकशित बजारको ४ प्रतिशत औसत दरभन्दा निकै कम हो।’
‘निर्जीवन बीमा उद्योगको वृद्धि मुख्य रुपमा मोटर इन्स्योरेन्समा निर्भर हुने गर्दछ। चीनमा बितेका केहि वर्षहरुमा नियामकिय प्रतिबन्धहरु तथा कोरोना महामारीको चुनौतिहरुका कारण मोटर इन्स्योरेन्स नराम्ररी प्रभावित बनेको छ।’
सन् २०२० मा मोटर इन्स्योरेन्सले समग्र निर्जीवन बीमा उद्योगको बीमाशुल्कको ६०.७ प्रतिशत हिस्सा ओगटेको थियो। नियामकिय परिवर्तहरुका कारण मोट वृद्धिदर ०.७ प्रतिशत मात्रै रहेको थियो। जसका कारण अनिवार्य मोटर दायित्वको प्रिमियम मूल्य ५० प्रतिशतसम्म घटेको थियो।
यस्तै निजी दुर्घुटना तथा स्वास्थ्य(पीए एण्ड एच) र सम्पत्ति बीमा निर्जीवन बीमाको दोस्रो ठूलो लाइनहरु हुन्। सन् २०२० मा निर्जीवन बीमा उद्योगमा यिनीहरुको योगदान क्रमशः१२.२ र ११.३ प्रतिशत रहेको छ।
सन् २०२० मा निर्जीवन बीमकहरुले प्रदान गरेको पीए एण्ड एच इन्स्योरेन्स(पर्सनल एक्सिडेन्ट एण्ड हेल्थ)को वृद्धिदर २१.२ प्रतिशत रहेको थियो। यो वृद्धिलाई स्वास्थ्य उपचार खर्चमा भएको वृद्धि र कर छुटले सहयोग गरेको थियो। सन् २०२१ र २०२२ मा पीए एण्ड एचको वृद्धिदर दोहोरो अंक पुग्ने अनुमान गरिएको छ।
सन् २०२० मा सम्पत्ति बीमामा पनि १४ प्रतिशतको बलियो वृद्धि देखिएको थियो। जसमा कृषि बीमाले ठूलो योगदान दिएको थियो। ग्लोबल डेटाको रिपार्टका अनुसार सम्पत्ति बीमामा कृषि बीमाको योगदान ५० प्रतिशत थियो।
चीनको सम्पत्ति बीमा सन् २०२१ र २०२२ मा ११ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। त्यसैले आगामी दिनमा चीनको निर्जीवन बीमा उद्योगको वृद्धि गैर मोटर व्यवसायमा निर्भर रहने बताइएको छ। आपूर्ति श्रृखलामा देखिएको समस्या, बीमाशुल्कमाथि नियामक निकायको प्रतिबन्ध र नयाँ महामारीका कारण मोटर इन्स्योरेन्सको मुनाफा चुनौतिपूर्ण रहने मित्राको निष्कर्ष रहेको छ।