बीमा क्षेत्रमा उच्च सम्भावना भएका विश्वका शीर्ष १० बजारमा एसियाका चार देश

2020-12-09
बीमा क्षेत्रमा उच्च सम्भावना भएका विश्वका शीर्ष १० बजारमा एसियाका चार देश

काठमाण्डौ । जीवन बीमा र निर्जीवन बीमा दुवै क्षेत्रमा विश्वका उच्च सम्भावना बोकेका शीर्ष १० बीमा बजारमा एसियाका चारवटा देश परेका छन् । उच्च सम्भावना भएका विश्वका १० शीर्ष बीमा बजारको सूचीमा एसियाका चार देश चीन, भारत, इन्डोनेशिया र जापान परेका छन् । माप्फ्री इकोनोमिक्स ग्लोबल इन्स्योरेन्स पोटेनसियल इन्डेक्स(माप्फ्री गिप)ले सन् २०१९ को उपलब्ध डेटालाई आधार बनाउदै प्रकाशित गरेको रिपोर्टमा यस्तो देखिएको हो । 

माप्फ्री गिप इन्डीकेटरले ९६ वटा बीमा बजार(विकसीत र उदाउँदा बजार दुवै) को मापन गर्ने गर्दछ । यसको मुख्य उदेश्य भनेको मेट्रिक सिर्जना गरेर मध्यम र दिर्घकालका उच्च बीमा सम्भावना भएका बजार पहिचान गरेर विश्वभरको इन्स्योरेन्स प्रोटेक्सन ग्याप(आईपीजी) मापन गर्नु हो । 

आईपीजीले समाजका लागि आर्थिक रुपमा आवश्यक र फाइदाजनक इन्स्योरेन्स कभरेज र वास्तिवक रुपमा खरिद गरिएका यस्ता कभरेज बीचको भिन्नतालाई प्रतिनिधित्व गर्ने गर्दछ । 

रिपोर्टका अनुसार यस्तो भिन्नता विश्वको कुल जिडीपीको ५.७७ ट्रिलियन डलर वा ६५८ बेसिक प्वाइन्टस्(बीपीएस) पुगिसकेको छ । यसमा जीवन बीमा क्षेत्र आइपीजीको ७०.८ प्रतिशत(४.०९ ट्रिलियन डलर) र निर्जीवन बीमा क्षेत्र २९.२ प्रतिशत(१.७ ट्रिलियन डलर) रहेका छन् । 

माप्फ्री इकोनोमिक्सका जनरल म्यानेजर म्यानुयल अग्युलेराले भन्छन्, “अहिलेको ७० प्रतिशतभन्दा धेरै ग्याप उदाउँदा देशका अन्डर इन्स्योरेन्सले ओगटेको छ । पाका नागरिकको संख्या, आम्दानीको वृद्धि र यसको आकारले यि देशहरुका जीवन बीमा क्षेत्रमा इन्स्योरेन्स ग्याप बढाएको देखिन्छ । त्यस्तै बितेका ३ दशकमा निर्जीवन बीमा क्षेत्रमा समेत आईपीजी वृद्धि भएको छ ।”

रिपोर्टमा अबका केहि वर्षहरुमा जीवन बीमा क्षेत्रमा उच्च सम्भावना बोकेका विश्वका शीर्ष १० देशमा इजिप्ट, पाकिस्तान र नाइजेरिया र निर्जीवन बीमा क्षेत्रमा पाकिस्तान इजिप्ट, बंगलादेश, नाइजेरिया र फिलिपिन्स पर्न सक्ने प्रक्ष्येपण गरिएको छ ।  

यी देशहरुलाई आफ्नो घरेलु इन्स्योरेन्स ग्याप घटाउन सफल हुने उच्च सम्भावना भएका देशहरुको रुपमा हेरिएको छ । 

 


Share this with your friends: