भारतका बीमकलाई डेंगु, मलेरिया जस्ता रोगका लागि बीमा पोलिसी जारी गर्न अनुमति दिइने

2020-12-03
भारतका बीमकलाई डेंगु, मलेरिया जस्ता रोगका लागि बीमा पोलिसी जारी गर्न अनुमति दिइने

काठमाण्डौ । भारतका स्वास्थ्य र निर्जीवन बीमा कम्पनीहरुलाई चाडैँ नै डेंगु, मलेरिया र चिकनगुनिया(भेक्टर बोर्न) जस्ता रोगहरुको उपचारको लागि विशेष बीमा योजना ल्याउन अनुमति प्रदान गरिने भएको छ। 

प्रेस ट्रष्ट अफ इन्डिया(पिटीआई)का अनुसार यस सम्बन्धमा भारतको नियामक निकाय आईआरडिएआईले प्रस्तावित भेक्टर बोर्न रोग स्वास्थ्य योजना अन्र्तगत एक्सपोजर ड्राफ्ट जारी गरेको छ। जस अन्र्तगत निर्जीवन र स्वास्थ्य बीमा कम्पनीहरुलाई एक वर्षको अवधिको लागि त्यस्ता पोलिसीहरु जारी गर्न प्रोत्साहित गरिनेछ। 

यो बीमा पोलिसीले डेंगु, मलेरिया, फिलारिया,कालाजार, चिकनगुनिया, जापानिज इन्सेफलाइटीस र जीकाको उपचारलाई कभर गर्नैछ। बीमकहरुले कुनै एक वा भेक्टर बोर्न रोगहरुको संयोजनलाई कभर गर्नै योजना प्रस्ताव गर्न सक्नेछन्। र, हरेक कभर गरिएको रोगका लागि अलग–अलग मूल्य निर्धारण गर्न सक्नेछन्। 
स्ट्याण्डर्ड पोलिसी अन्र्तगत न्युनतम १० हजार र अधिकतम २ लाख रुपैयाँको बीमा राशि हुनु पर्नेछ। 

पोलिसीमा समावेश हुने सबैका लागि न्युनतम उमेर १८ वर्ष र अधिकतम उमेर ६५ वर्षभन्दा कम हुनु पर्ने व्यवस्था गरिएको छ। 

 


Share this with your friends: