काडमाण्डौ । भारतीय बीमा कम्पनीहरुले कोरोना बीमा भुक्तानीका लागि परेका ८० प्रतिशत दाबी भुक्तानी गरेको छ। भारतको नियामक निकाय आईआरडीएआईका अनुसार त्यहाँका बीमा कम्पनीहरुले १५ लाख ३९ हजार जनालाई कोरोना बीमा बापत १५० बिलियन भारतीय रुपैयाँ(२ बिलियन अमेरिकी डलर)दाबी भुक्तानी गरेका छन्। यो आँकडा जुन २२ सम्मको भएको आईआरडीएआईले जनाएको छ।
आईआरडीएआईका अनुसार जुन २२ सम्म १९ लाख ११ हजार वटा दाबी परेको छ। मृत्यु दाबीका लागि जीवन बीमा कम्पनीहरुमा ५५ हजार २७६ दाबी परेको र यसमध्ये लगभग ८८ प्रतिशत अर्थात ४८ हजार ४८४ दाबी(३५.९३ बिलियन भारतीय रुपैयाँ)भुक्तानी गरिसकिएको आईआरडीएआईले जनाएको छ।
यस्तै स्वास्थ्य बीमाका लागि परेका ४ प्रतिशत र जीवन बीमाका लागि परेका ०.६६ प्रतिशत दाबी अस्विकार गरिएको आईआरडीएआईकी निर्जीवन बीमाकी सदस्य टीएल अलामेलुले बताइन।