मलेसियाका बीमकहरुलाई मेडिकल इन्स्योरेन्स प्रिमियम नबढाउन आह्वान

2020-12-16
मलेसियाका बीमकहरुलाई मेडिकल इन्स्योरेन्स प्रिमियम नबढाउन आह्वान

काठमाण्डौ । मलेसियाका बीमा उपभोक्ताले मेडिकल इन्स्योरेन्सको प्रिमियम नबढाउन आह्वान गरेका छन्। द सन डेलिको रिपोर्टका अनुसार मलेसियाको “फेडेरेशन अफ मलेसियन कन्ज्युमर असोशियसन(फोम्का)ले मेडिकल इन्स्योरेन्सको प्रिमियम नबढाउन त्यहाँका बीमकहरुलाई आह्वान गरेको हो।  

फोम्काले कोरोना महामारीका बीच प्रिमियम बढाउँदा यसले पोलिसीहोल्डरहरुको प्रिमियम तिर्ने क्षमतालाई प्रभावित पार्ने जनाएको छ। “उपभोक्ताहरु आफ्नो आवश्यकताहरु पुरा गर्न संघर्ष गरीरहेका बेला बीमकहरुले पोलिसीहोल्डरहरुलाई प्रिमियम तिर्न नोटिस पठाइरहेका छन्। यो  कुनै पनि दृष्टिकोणबाट स्वभाविक र जायज छैन।” फोम्काका अध्यक्ष डा.मारीमुथु नाडासनले विज्ञप्तीमा भनेका छन्। 

“फोम्काले सन् २०२० को सुरुवातबाट लागु हुने भनिएको मूल्य निर्धारणको ढिलाईका लागि वकालत गरेको थियो। तर कोरोना महामारीका कारण उत्पन्न विभिन्न आर्थिक बाधा अड्चनहरुका कारण एक वर्षको स्थगनले आर्थिक समस्या र बेरोजगारको मारमा परेका पोलिसीहोल्डरहरुलाई तंग्रिने प्रयाप्त समय उपलब्ध गराउन सकेन। ” नाडासनले भने।  

नाडासनका अनुसार कोरोना महामारीका कारण मलेसियाका अस्पतालहरुको अकोपेन्सी दर अत्यधिक घटेको छ। उनका अनुसार मलेसियाका अस्पतालहरुको अकोपेन्सी ७० प्रतिशतले घटेको छ। त्यसैले गत वर्षहरुको तुलनामा त्यहाँका बीमकहरुको भुक्तानीमा कमी आएको छ। जसले गर्दा बीमा कम्पनीहरुको समग्र मुनाफामा सुधार आएको छ। 

उनका अनुसार मलेसियामा कोरोना महामारीका कारण अधिकांसले रोजगारी गुमाउनु परेको र भएकाको पनि तलब कटौति गरिएकाले यसले पोलिसीहोल्डरहरुलाई प्रिमियम भुक्तानी गर्न भावनात्मक र आर्थिक तनाव सिर्जना गरिरहेको छ। यस्तो अवस्थामा यदि बीमकहरुले प्रिमियम शुल्क बढाउने हो भने अधिकांस पोलिसीहरु ल्याप्स हुने भय रहेको नाडासन बताउँछन्। 

 


Share this with your friends: