यो वर्ष भियतनामको बीमा बजारको वृद्धिदर दोहोरो अंकमा हुने प्रक्षेपण

2022-01-06
यो वर्ष भियतनामको बीमा बजारको वृद्धिदर दोहोरो अंकमा हुने प्रक्षेपण

काठमाण्डौ । सन् २०२२ मा भियतनामको बीमा बजारको वृद्धिदर दोहोरो अंकमा हुने प्रक्षेपण गरिएको छ। भियतनामको नियामक निकाय‘डिपार्टमेन्ट अफ इन्स्योरेन्स म्यानेजमेन्ट एण्ड सुपरभिजन’ले सन् २०२२ मा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १८.०४ प्रतिशत(२५३.७ ट्रिलियन भियतनामी डलर)ले वृद्धि हुने प्रक्षेपण गरेको हो। त्यस्तै सन् २०२० को तुलनामा यो वर्ष बीमा लाभ भुक्तानी १७.६१ प्रतिशत(५८.३ ट्रिलियन भियतनामी डलर)ले वृद्धि हुने अनुमान गरिएको छ। 

कोरोना महामारीको कठिनाई तथा चुनौतिहरुका बाबजुत सन् २०२१ मा भियतनामका बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १५.५९ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा कुल बीमा लाभ भुक्तानी पनि सन् २०२० को तुलनामा १.६८ प्रतिशतले वृद्धि भएको डिपार्टमेन्ट अफ इन्स्योरेन्स म्यानेजमेन्ट एण्ड सुपरभिजनले जनाएको छ। 

त्यस्तै सन् २०२१ मा भियतनामको बीमा बजारको कुल सम्पत्ति २३.८६ प्रतिशतले वृद्धि भएको छ। 

विभागले सन् २०२२ मा बीमा व्यवसायसम्बन्धि कानुनमा संशोधन गर्ने कार्यलाई निरन्तरता कामलाई जारी राखिने जनाएको छ।  यससम्बन्धि मस्यौदालाई अनुमोदनका लागि २०२२ मा भियतनामको राष्ट्रिय सभामा पेस गर्ने तयारी गरिएको छ। यसका साथै कानुनको कार्यान्वयनलाई समर्थन गर्नका लागि आदेश र परिपत्रहरु विकास गरिने विभागले जनाएको छ। 

 यस्तै द्दण्द्दद्द मा बीमा नियामकले भियतनामको बीमा बजारको विकासको लागि द्दण्द्दज्ञ(द्दण्घण् वर्षको लागि आफ्नो रणनीति पूरा गर्न जारी राख्नेछ।
२०२२ को पहिलो त्रैमासमा वित्तमन्त्री तथा प्रधानमन्त्री समक्ष कृषि बीमा योजना प्रस्तुत गरिने विभागले जनाएको छ। 

२०२१ डिसेम्बर ३१ सम्म भियतनाममा ७७ वटा बीमा कम्पनी सञ्चालनमा छन्। जसमध्ये ३१ वटा निर्जीवन बीमा,१९ वटा जीवन बीमा,२ वटा पुनर्बीमा र २४ वटा  इन्स्योरेन्स ब्रोकर कम्पनी रहेका छन्। 

सन् २०२१ मा भियतनामको आर्थिक वृद्धिदर २.५८ रहेको थियो।  

 


Share this with your friends: