विश्व अर्थतन्त्रका लागि किन महत्वपूर्ण छ एस्ट्राजेनेका भ्याक्सिन ?

2020-12-31
विश्व अर्थतन्त्रका लागि किन महत्वपूर्ण छ एस्ट्राजेनेका भ्याक्सिन ?

काठमाण्डौ । अक्सफोर्ड युनिर्भसिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई प्रयोगका लागि अनुमति प्रदान गर्ने बेलायत पहिलो राष्ट्र बनेको छ । बेलायतले बुधबार यो खोपलाई प्रयोगका लागि अनुमति प्दान गरेको थियो । कोरोनाभाइरस विरुद्धको यो खोप अन्य विकल्पको तुलनामा सस्तो र वितरण गर्न सजिलो रहेको र यसले सन् २०२१ मा विश्व अर्थतन्त्रलाई पुर्नउत्थान गर्न र गति दिन महत्वपूर्ण भुमिका खेल्ने अनुमान गरिएको छ । 

औषधि निर्माता एस्ट्राजेनेकाले कोरोनाभाइरस विरुद्धको खोप सन् २०२१ को सुरुवातदेखि सुरु गर्ने जनाएको छ । बेलायतमा कोरोनाभाइरसको मामिलामा नाटकिय रुपमा बढोत्तरी आएसँगै यो खोपलाई प्रयोगमा ल्याउन लागिएको हो । 

“कोरोनाबाट बचाउन क्लिनीकल परीक्षणमा यो खोप सुरक्षित र प्रभावकारी देखिएको छ । यसका साथै खोपको दोस्रो डोज लगाएको १४ दिनभन्दा बढी समयसम्म कोरोनाका केसहरु र अस्पताल भर्ना गर्नुपरेको केसहरु देखिएको छैन ।” एस्ट्राजेनेकाले भनेको छ । 

विश्व अर्थतन्त्रका लागि खोप किन महत्वपूर्ण छ ?

एस्ट्राजेनेकाले कोरोनाभाइरस विरुद्धको करडौ डोज खोप निम्न र मध्य आय भएका देशहरुलाई मुनाफारहित निरन्तर रुपमा आपूर्ति गर्ने प्रतिवद्धता जनाएको छ । 
यो खोप प्रयोगका लागि अनुमति दिइएका अन्य खोपको तुलनामा निकै सस्तो र प्रतिष्प्रधी खोपका तुलनामा आर्पूति गर्न तथा वितरण गर्न सजिलो रहेको छ । मोर्डना र फाइजरले विकास गरेको खोपको विपरीत यो खोपलाई निकै चियोयुक्त तापमानमा राख्न आवश्यक पर्दैन । 

एस्ट्राजेनेकाले आफ्ना अन्य साझेदारहरु सँग मिलेर काम गरिरहेको जनाएको छ । कम्पनीले भारतको सेरम इन्टीच्युट अफ इन्डियासँग मिलेर सन् २०२१ मा रोलिङ बेसीसमा ३ अर्ब डोजको उत्पादन क्षमता अभिवृद्धि गर्नतर्फ लागिरहेको छ । 

अर्काे औषधि निर्माता कम्पनी फाइजरले सन् २०२० मा ५ करोड डोज र सन् २०२१ मा १ अर्ब ३० करोड डोज उत्पादन गर्ने अनुमान लगाएको छ । यस्तै गत महिना मोर्डनाले ५० करोड डोजबाट अर्काे वर्ष १ अर्ब डोज उत्पादन गर्ने बाटोतर्फ अग्रसर रहेको जनाएको थियो । 

फाइजर र मोर्डनाले प्रस्ताव गरेको खोपको अधिकांस उत्पादन क्षमतालाई विश्वका धनीहरुले ओगटीसकेका छन् । यसले विकाशील अर्थतन्त्रका लागि एस्त्राजेनेकाको खोपलाई अझै धेरै महत्वपूर्ण बनाईदिएको छ । 

उदाहरणका लागि भारतलाई हेरौँ । एशियाको तेस्रो ठूलो अर्थतन्त्र भएको भारतले फाइजर र मार्डनाले बिक्री गरेको खोप अर्डर गरेको छैन । तर भारतले एस्ट्राजेनकाको करडौ डोज खोप अर्डर गर्ने अनुमान लगाईएको छ । 

विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माताको रुपमा रहेको भारतले चाडो नै एस्ट्राजेनेका भ्याक्सिनलाई अनुमति दिनसक्ने मिडिया रिपार्टहरुले बताएका छन् । भारतमा कोरोना विरुद्धको खोप सेरम इन्टीच्युट अफ इन्डियाले बनाइरहेको छ । 

यसअघि एस्ट्राजेनेका भ्याक्सिन विकास गरिरहेको सूमहका अनुसार यो खोप औसतमा ७० प्रतिशत प्रभावकारी देखिएको थियो भने सिंगल  डोज प्रदान गर्दा ९० प्रतिशत । जुन फाइजर र मार्डनाको तुलनामा कम हो । 

 

 


Share this with your friends: