विश्व हवाई क्षेत्रको पुनर्बीमा शुल्क २५०% सम्मले वृद्धि

2021-01-06
विश्व हवाई क्षेत्रको पुनर्बीमा शुल्क २५०% सम्मले वृद्धि

काठमाण्डौ । सन् २०२१ को जनवरी १ को नविकरण मितिमा विश्व हवाई उड्डयनको पुनर्बीमा शुल्क २५० प्रतिशत सम्मले वृद्धि भएको छ । विल्स् रिले जनवरी ४ मा सार्वजनिक गरेको रिपार्टलाई उद्धृत गर्दै रोयर्टसले यस्तो जनाएको हो । रोयसर्टका अनुसार दुई वर्ष अगाडी बोइङ ७३७ म्याक्सको दुर्घटनाबाट अझै उठ्न नसकेको हवाई बजारको पुनर्बीमा शुल्कमा व्यापक बढोत्तरी आएको हो । 

२० महिनाको प्रतिबन्ध पश्चात ७३७ म्याक्सले गत साता अमेरिकामा आफ्नो व्यवसायिक उडान पुनः सुचारु गरेको थियो । ३४६ जनाको ज्यान जाने गरी भएको दुईवटा दुर्घटनाका कारण ७३७ म्याक्सलाई अमेरिकी सहितका विश्वका अन्य देशहरुद्वारा उडानमा प्रतिबन्ध लगाईएको थियो । 

उक्त दुर्घटनाबाट बीमक र पुनर्बीमकहरुले करीब २ बिलियन डलरभन्दा धेरै दाबी भुक्तानीको सामना गर्नु परेको छ । 

अहिले हवाई उड्ययन अन्डरराइटरहरु विश्वव्यापी लकडाउन र यात्रामा गरिएको प्रतिबन्धका कारण न्युन प्रिमियमको समस्याबाट समेत ग्रसित बनेका छन् । इन्स्योरेन्स कन्ट्रयाक्टहरु आम रुपमा विमानहरुले आकाशमा बिताएको समयका आधारमा तय गरिने भएकाले उड्यनन अन्डरराइटरहरुले न्युन प्रिमियमको सामना गरिरहनु परेको छ । 

प्रिमियकको केहि हिस्साका लागि बीमकहरुसँग ठूला जोखिमहरुको बोझ बहन गर्ने पुनर्बीमकहरुले केहि वर्ष यता अन्य क्षेत्रहरुमा समेत प्रिमियम वृद्धिको सामना गरिहरहेका छन् । 

रिपार्टका अनुसार जोखिमपूर्ण व्यापारका क्षेत्रहरुको सम्पत्ति तथा दुर्घटना पुनर्बीमा प्रिमियम २५ देखि ३० प्रतिशतले वृद्धि भएको छ । तर कोरोना महामारीका बाबजुत पनि पुनर्बीमकहरुले अपेक्षा गरे अनुरुप प्रिमियमको रेटहरु वृद्धि भईरहेको छैन । 

बीमकहरुले सन् २०२० मा उच्च रेटहरुबाट आफुहरुलाई लाभान्वित पारेका छन् । यसका साथै मोटर इन्स्योरेन्स जस्ता क्षेत्रहरुमा देखिएको न्युन दाबीहरुले बीमकहरुलाई कन्ट्रयाक नेगोसियसनमा बलियो साथ दिएको छ । 

विल्स् रिका अन्तराष्ट्रिय अध्यक्ष जेम्स भिकरका अनुसार अहिले बीमक र पुनर्बीमक बिचको सबैभन्दा ठूलो असमझदारी भनेको साइबर हमला र सरुवा रोगहरु जस्तै कोभिड १९ लाई कभर गर्ने सम्बन्धी विषयहरु रहेका छन् । उनका अनुसार पुनर्बीमकहरुले यी जोखिमहरुलाई आफ्नो पोलिसीमा समावेश गर्ने गरेका छैनन ।  


Share this with your friends: