श्रीलंका इन्स्योरेन्स कर्पोरेसनद्वारा २१३ मिलियन डलर बीमाशुल्क आर्जन

2022-01-26
श्रीलंका इन्स्योरेन्स कर्पोरेसनद्वारा २१३ मिलियन डलर बीमाशुल्क आर्जन

काठमाण्डौ। श्रीलंकाको सबैभन्दा ठूलो सरकारी स्वामित्वको बीमा कम्पनी‘श्रीलंका इन्स्योरेन्स कर्पोरेसन’ले सन् २०२१ मा २१३ मिलियन डलरबराबरको बीमाशुल्क आर्जन गरेको छ। यो रकम सन् २०२० को तुलनामा ९.७ प्रतिशतले धेरै हो।

सन् २०२१ मा श्रीलंका इन्स्योरेन्स कर्पोरेसनको जीवन बीमा शुल्क आर्जन २१.९ बिलियन श्रीलंकन रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले धेरै हो। त्यस्तै कम्पनीले जनरल इन्स्योरेन्स व्यवसायमार्फत २१.२ बिलियन श्रीलंकन रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले धेरै हो।

कम्पनीले सन् २०२१ मा आफ्ना पोलिसीहोल्डरहरुलाई ८.६ बिलियन श्रीलंकन रुपैयाँबराबरको बोनस घोषणा गरेको थियो। जुन श्रीलंकाको बीमा बजारको अहिले सम्मकै सबैभन्दा धेरै हो।

सन् १९६२ मा स्थापना भएको श्रीलंका इन्स्योरेन्स कर्पोरेसनले यसै वर्ष आफ्नो स्थापनाको ६० औँ वार्षिकोत्सव मनाउँदैछ।


Share this with your friends: