सरकारी स्वामित्वका निर्जीवन बीमा कम्पनीहरुलाई मर्ज गर्ने योजना छैनःभारत सरकार

2021-12-02
सरकारी स्वामित्वका निर्जीवन बीमा कम्पनीहरुलाई मर्ज गर्ने योजना छैनःभारत सरकार

काठमाण्डौ । भारत सरकारले सरकारी स्वामित्वका निर्जीवन बीमा कम्पनीहरुलाई मर्ज गर्ने कुनै योजना नभएको जनाएको छ। 

भारतको माथिल्लो सदन राज्य सभालाई उत्तर दिदैँ राज्य वित्तमन्त्री भगवत के कारदले सरकारी स्वामित्वका निर्जीवन बीमा कम्पनीहरुलाई मर्ज गर्ने सरकारको कुनै योजना नरहेको बताएका हुन्। 

गत फेब्रुअरी महिनामा भारतकी वित्तमन्त्री निर्मला सीतारमनले बजेट भाषणका क्रममा कुनै एउटा निर्जीवन बीमा कम्पनीमा स्वामित्व हस्तान्तरण गरिने बताएकि थिइन्। तर यसका लागि कुन बीमा कम्पनी छनोट गर्ने भन्ने बारे केहि खुलाइएको छैन। 

यस्तै गत जुलाई महिनामा सीतारमनले निर्जीवन बीमा व्यवसाय ऐन,१९७२ संसोधन गर्ने विधेयक पेस गरेकि थिइन्। यो विधेयकमा रहेको प्रांवधानले भारत सरकारलाई आफ्नो स्वामित्वका निर्जीवन बीमा कम्पनीहरुमा ५१ प्रतिशतसम्म स्वामित्व घटाउने बाटो खुला गर्ने व्यवस्था रहेको छ। गत अगस्ट महिनामा यो विधेयक दुवे सदनबाट पारित भएको थियो।     

न्यू इन्डिया एसुरेन्स कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी, युनाइटेड इन्डिया इन्स्योरेन्स कम्पनी र ओरियन्टल इन्स्योरेन्स कम्पनी गरी भारतमा सरकारी स्वामित्वका चारवटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन्।  

 


Share this with your friends: