अष्ट्रेलियाको बीमा उद्योगको मुनाफा २० वर्ष यताकै निम्न

2020-11-04
अष्ट्रेलियाको बीमा उद्योगको मुनाफा २० वर्ष यताकै निम्न

काठमाण्डौ । कोरोना महामारीका साथै प्राकृतिक विपत्ती र विश्व वित्तीय बजारको अवस्थाका कारण अष्ट्रेलियाको बीमा उद्योगको मुनाफामा व्यापक प्रभाव परेको छ। 

फिनीटीको वार्षिक अप्टीमा रिपार्टका अनुसार आर्थिक वर्ष २०२० मा अष्ट्रेलियाका बिमकहरुको खुद बीमा शुल्क आर्जनको वृद्धिदर ५ प्रतिशत रहेको छ भने घाटा अनुपात २ प्रतिशत रहेको छ। यस्तै खर्च अनुपात १ प्रतिशत र लगानी प्रतिफलमा उल्लेख कमी आएको छ। 

यि तत्वहरुले गर्दा आर्थिक वर्ष २०२० मा अष्ट्रेलियाको बीमा उद्योगको मुनाफामा उल्लेख्य गिरावट आएको छ। सन् २०२० को आर्थिक वर्षमा अष्ट्रेलियाको समग्र बीमा उद्योगको रिटर्न अन इक्वीटी(आरओई) जम्मा ४ प्रतिशत रहेको छ। जुन सन् आर्थिक वर्ष २०१९ को भन्दा १० अंकले कम हो। अष्ट्रेलियाको बीमा उद्योगको यो आरओई पछिल्ला दुई दशककै सबैभन्दा खराब हो। 

फिनीटी रिपार्टका मुख्य लेखक एन्डी कोहेनका अनुसार मन्दिको गहिराई बढ्दै जादा अष्ट्रेलियाको बीमा उद्योगमा अझै धेरै प्रभावहरु पर्दै जानेछ। 

रिपोर्टमा कोरोना महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दि र यसले केहि बीमा प्रडक्टहरु जस्तै ट्राभल इन्स्योरेन्सलाई लगभग पूर्ण रुपमा रोकेकाले अष्ट्रेलियाको बीमा उद्योगको प्रिमियम वृद्धि रोकिने अनुमान गरिएको छ। 

यस्तै रिपोर्टमा सन् २०२१ मा अष्ट्रेलियाको इन्स्योरेन्स मार्जिन ६ प्रतिशत रहने र आरओई ७ प्रतिशत रहने प्रक्ष्येपण गरिएको छ। २०२० को तुलनामा सन् २०२१ मा आरओई मा ४ प्रतिशतले बढ्ने अनुमान लगाइएपनि यो लक्षित मुनाफाको स्तरबाट अझै पनि तल रहने रिपार्टमा उल्लेख गरिएको छ।    

 


Share this with your friends: