इन्डोनेशियाः नियामकद्वारा बीमकहरुलाई अनलाइनमार्फत लगानीसँग सम्बन्धित योजनाहरु बिक्री गर्न अनुमति

2020-11-26
इन्डोनेशियाः नियामकद्वारा बीमकहरुलाई अनलाइनमार्फत लगानीसँग सम्बन्धित योजनाहरु बिक्री गर्न अनुमति

काठमाण्डौ । इन्डोनेशियाको नियाकम निकाय, “फाइनान्सीयल सर्भिसेस् अथोरिटी”(ओजेके) ले देशका नौ वटा बीमा कम्पनीलाई लगानीसँग सम्बन्धित प्रडक्टहरु(पेडिआई) अनलाईन मार्फत बिक्री गर्न अनुमति दिएको छ। 

लगानीसँग सम्बन्धित प्रडक्टहरु(पेडिआई) अनलाईन मार्फत बिक्री गर्न अनुमति माग गर्दै आवेदन दिएका १४ कम्पनीहरुमध्ये ९ वटा लाई अनुमति दिइएको हो। अनलाइनमार्फत बिक्री गर्न अनुमति प्राप्त गरेका बीमा कम्पनीहरुलाई बिना भौतिक अन्र्तक्रिया वा भर्चुअल माध्यम बिनै प्रडक्टहरु बिक्री गर्न अनुमति दिइएको र यसलाई नियामकले सुपरीवेक्षण गर्ने ओजेकेको नन बैंक फाइनान्सीयल इन्स्टिच्युसन सुपरभिजनका कार्यकारी प्रमुख रिसविन्नान्दीले बताएका छन्। 

गत जुन महिनामा ओजेकेले पेडिआई र युनिट लिंक्ड प्रडक्टहरुको बजारीकरण, डिजिटल माध्यम जस्तै भिडियो कन्फेरेन्सिङ, भिडियो कल र यि दुईको सम्मीश्रणबाट गर्न सकिने भन्दै सर्कुलर जारी गरेको थियो। यसका साथै ओजेकेले बीमा दस्तावेजहरुमा भएको पोलिसीहोल्डरको हस्ताक्षरलाई विद्युतीय हस्ताक्षरद्वारा बदल्न सकिने जनाएको थियो। 

यो वर्षको अप्रिल महिनामा इन्डोनेशियाको बीमकहरुको छाता संगठन, “इन्डोनेशियन लाइफ इन्स्योरेन्स असोसियसन” ले नियामक निकाय ओजेके सामु जीवन बीमा कम्पनीहरुलाई लगानीसँग सम्बन्धित प्रडक्टहरुको बजारीकरण अनलाइन अन्र्तक्रियामार्फत गर्न अनुमित प्रदान गर्न आग्रह गरेको थियो। त्यहि आग्रहको परिणाम स्वरुप अहिलेको घटनाक्रम विकास भएको हो। 

 


Share this with your friends: