सेयर बजार


एभरेष्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  सञ्चालक समितिको उक्त बैठकले हाल कायम चुक्तापुँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१.८ रुपैयाँबराबरको बोनस सेयर जारी...

नेप्सेमा झिनो अंकको करेक्सन, पहिलो दिनै सानिमा जनरलमा सर्किट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। आज निर्जीवन बीमा समूह ८९.८४ अंकले ओरालो लाग्दै ८२०५.५२ को बिन्दुमा सीमित बन्यो। १२ वटा समूहमध्ये आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आयो। अघिल्लो कारोबार दिन यो समूहमा १७६.८६ अंकको बढोत्तरी आएको...

परिसूचकको गिरावटमा ब्रेक, निर्जीवन बीमा समूहमा उछाल

काठमाण्डौ। साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आएको छ। आज निर्जीवन बीमा समूह १७६.८६ अंकले बढ्दै ८२९५.३६ को उचाईमा पुग्यो। अघिल्लो दिनपनि यो समूहमा २७.२५ अंकको बढोत्तरी आएको थियो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा आयो।  निर्जीवन बीमा समूह जस्तै जीवन बीमा समूहमा पनि आज वृद्धि आयो। आज यो समूह...

1663308665norvic-gif.gif

माउन्टेन इनर्जीको आईपीओ निष्कासन कात्तिक २६ बाट

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणका लागि यहि कात्तिक २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।  यसअघि पहिलो चरणमा आयोजना प्रभावितका लागि आईपीओ गरेको कम्पनीले अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।  कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँबराबरको...

नेप्सेमा गिरावट जारी, बीमातर्फ जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा वृद्धि आएको छ। आज निर्जीवन बीमा समूह २७.२५ अंकले बढ्दै ८११८.५० को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिनपनि यो समूहमा १०.४५ अंकको बढोत्तरी आएको थियो।  निर्जीवन बीमा समूह उकालो लागेपनि आज जीवन बीमा समूह भने ओरालो लाग्यो। अघिल्लो दिनजस्तै आज पनि यो समूहमा गिरावट आयो। आज यो समूह ९.४...

गुराँस लाइफ र तिनाउ मिसन डेभलपमेन्ट बैंकको १.०७ करोड बढी कित्ता सेयर सूचीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको १ करोड ७ लाख ५० हजार बढी कित्ता सेयर आज(सोमबार)नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको कुल १ करोड ७ लाख ५८ हजार २०१ कित्ता सेयर सूचीकृत भएको हो।  गुराँस...

16454172591200x120.gif

राष्ट्र बैंकद्वारा आरएमडीसी लघुवित्तको लाभांस स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई लाभांस वितरणका लागि स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांस वितरण गर्न स्वीकृति दिएको हो।  राष्ट्र बैंकले कार्तिक १३ गतेको पत्र अनुसार लाभांश वितरण...

नेप्सेमा ५ अंक हाराहारीको गिरावट, बीमाको मिश्रित प्रदर्शन

काठमाण्डौ । साताको पहिलो कारोबार दिन बीमा समूहका लागि मिश्रीत रह्यो। आज निर्जीवन बीमा समूहमा वृद्धि आयो भने जीवन बीमा समूहमा गिरावट। आज निर्जीवन बीमा समूह १०.४५ अंकले उकालो लाग्दै ८०९१.२६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा ३९.८९ अंकको वृद्धि देखिएको थियो।  अघिल्लो कारोबार दिन बढेको जीवन बीमा समूह आज भने ओरालो लाग्यो।...

अपि पावरद्वारा दुई आथिर्क वर्षको साधारण सभा आह्वान

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले एकैपटक दुुई आर्थिक वर्षको साधारण सभा डाकेको छ। दुई आर्थिक वर्षको लाभांस पारित गर्ने मुख्य प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा डाकेको हो।  कम्पनीले १६ र १७ औँ साधारण सभा आउँदो मंसिर ८ गते गर्ने भएको हो। यि दुई सभा कम्पनीको काडमाण्डौ थापाथलीस्थित टे«ड टावरमा रहेको प्रधान कार्यालयमा भर्चुअल...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको हो।  बैंकको सञ्चालक समितिको हिजो अर्थात कात्तिक १३ गते बसेको बैठकले कुल ११.८४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले प्रस्तावित कुल लाभांसमध्ये ७...

अपी पावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आज(शुक्रबारदेखि) हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि ४७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वर्ष फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.४७ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद...

नेप्से परिसूचकमा करेक्सन, बीमा समूहमा भने वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूहमा वृद्धि देखिएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा देखियो। आज निर्जीवन बीमा ३९.८९ अंकले बढ्दै ८०८०.८० को उचाईमा पुग्यो।  त्यस्तै आज जीवन बीमा समूहमा पनि ८.८६ अंकको बढोत्तरी आयो। यो वृद्धिसँगै यो समूह ९७१९.३१ को उचाईमा पुग्न सफल बन्यो।  आज सबैभन्दा...

सानिमा इक्वीटी फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ । सानिमा इक्वीटी फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर रहेको छ। फन्डले कात्तिक १४ गते बुक क्लोज गर्न लागेकाले आजसम्म कायम इकाईधनीहरुले मात्रै प्रस्तावित लाभांस पाउनेछन्।  सानिमा म्युचुअल फन्डअन्र्तगत सञ्चालित यो इक्वीटी फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट करसहित ७ प्रतिशत नगद लाभांस पितरण गर्ने घोषणा...

नेप्से परिसूचक १६ सय बिन्दु पार, निर्जीवन बीमा समूहमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आयो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा देखियो। आज निर्जीवन बीमा समूह ३८.५२ अंकले बढ्यो। यो वृद्धिसँगै.यो समूह ७९९३.८४ को उचाईमा पुग्यो। अघिल्लो  कारोबार दिनपनि यो समूह ६४.२८ अंकले बढेको  थियो।  निर्जीवन बीमा समूहमा बढोत्तरी आएपनि आज जीवन...

हकप्रद प्रयोजनार्थ नेपाल फाइनान्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ आज(बिहीबार) कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल फाइनान्सले निष्कासन गर्न लागेको १ः१.२५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार यो फाइनान्सको प्रतिकित्ता १८९...