सेयर बजार


आरएसडिसी लघुवित्तद्वारा लाभांस घोषणा

 काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था  लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस घोषणा गरेको छ। संस्थाको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम, नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई गत आर्थिक वर्षका लागि लाभांस वितरणको घोषणा गरेको हो।  संस्थाले गत आर्थिक वर्षका लागि ९ प्रतिशत बोनस सेयर र बोनस सेयरको...

सिभिल लघुवित्तको हकप्रद सेयरको लिलामीमा आजदेखि बोलपत्र पेश गर्न सकिने

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि(असोज २५ गते) अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ।  संस्थाले यहि असोज २५ गतेदेखि कुल ८९ हजार ४५० कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको हो। जसमा संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता रहेको छ।  गत साउन २५ गतेदेखि भदौ २९ गतेसम्म जारी गरेको हकप्रद...

सानिमा जनरलको आईपीओमा आवेदन आज अन्तिम दिन

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  यहि असोज २१ गतेदेखि आईपीओ खरिदका लागि आवेदन खुल्ला गरेको कम्पनीको आईपीओमा तेस्रो दिनसम्म झण्डै ७ लाख आवेदन परिसकेको छ। यो संख्या मागभन्दा ६ गुणा बढी हो।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो।  कुल...

1663308665norvic-gif.gif

संक्रमणको जोखिम कम गर्न अनलाइनबाट सेयर कारोबार गर्न ब्रोकर्स एसोसिएसनको आग्रह

काठमाण्डौ । कोरोना संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले लगानीकर्ता तथा सदस्य ब्रोकरहरुलाई अनलाइनमार्फत सेयर कारोकार गर्न आग्रह गरेको छ।  एसोसिएसनले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो। कोरोना संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको अवस्थामा ब्रोकर हाउसहरुमा ग्राहकको बढ्दो भीडका कारण...

सबै बीमा कम्पनीले गुमाएको निरश साता

काठमाण्डौ । यो साता बीमा कम्पनीहको सेयरमूल्यमा पहिरो गएको छ। लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा सबै बीमा कम्पनीहरको सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट देखिएको हो। लगानीकर्ताहरु सेयर बेचेर हाइड्रोमा लगानी गर्न लागेकाले यसको दवाव बीमा कम्पनीको सेयरमूल्यमा देखियो।  यो एक साताको अवधिमा कुनै पनि बीमा कम्पनीको...

एनएमबी लघुवित्तको १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएमबी लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ। नेप्सेमा लघुवित्तको ४ लाख ८६ हजार १८.७५ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  संस्थाले अघिल्लो आर्थिक वर्ष सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। अघिल्लो वर्ष संस्थाले सेयरधनीहरुलाई चुक्तापुँजी १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण...

16454172591200x120.gif

अपि पावरले कात्तिक १४ गतेदेखि ४७% हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि १ः०.४७ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनीले आउँदो कात्तिक १४ गतेदेखि १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँको ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।  हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा...

नेप्सेमा दोहोरो अंकको गिरावट, निर्जीवनका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । अघिल्लो कारोबार दिन वृद्धि भएको बीमा समूहहरुको परिसूचकमा आज बिहीबार गिरावट आएको छ।  साताको अन्तिम सेयर कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका परिसूचकले ओरालो यात्रा तय गरेका हुन्। आज जीवन बीमा समूह २४.१६ अंकले घट्दै ९५७०.५३ को बिन्दुमा झर्यो भने निर्जीवन बीमा समूह ७४.३१ अंकले घट्दै ७८९७.६८ को बिन्दुमा सीमित...

स्वाभिमान लघुवित्तको २४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । स्वाभिमान  लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्चमा सूचिकृत भएको छ।  संस्थाले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १ लाख ४८ हजार ४६६.४० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।      ...

युनाइटेड इदी–मर्दीको आईपीओमा कात्तिक ६ गते सम्म आवेदन दिन सकिने

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीआ आवेदनको समयसिमा लम्बाएको छ।  कम्पनीले गत असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्कासन गरेको थियो र छिटोमा असोज २१ गते बन्द हुने भनिएको थियो। तर मागअनुसार आवेदन नपरेपछि कम्पनीले आईपीओमा आवेदन...

माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन भएको छ। बैंकको गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि नेपाल स्कट एक्सेन्ज(नेप्से)ले आज(बिहीबार) बैंकको सेयरमूल्य समायोजन गरेको हो।  गत आर्थिक वर्षका लागि प्रस्तावित ७.०३ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएपछि बैंकको प्रतिकित्ता सेयर २३१.७१ रुपैयाँ कायम भएको...

सानिमा जनरलको आईपीओमा अचाक्ली आकर्षण, पहिलो दिन नै २ गुणा बढी आवेदन

काठमाण्डौ । आजदेखि आईपीओ निष्कासन गरेको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिन नै २ लाख ५२ हजार २२८ आवेदन परेको छ।  कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार कम्पनीको आईपीओमा पहिलो दिन अपरान्ह ४.३० मिनेट सम्म २.१५ गुणाभन्दा धेरै आवेदन परेको हो।  आवेदकहरुले कुल ५८ लाख ५९ हजार ८४०...

नेप्से परिसूचक १६ सय बिन्दु पार, फेरि उकालो यात्रामा बीमा समूह

काठमाण्डौ । केहि दिनयता लगानी सुरक्षित गर्नतर्फ लागेका बीमा समूहका लगानीकर्ता फेरी बीमा समूहमा फर्किएका छन्। जसको प्रभाव स्वरुप आज साताको चौथो कारोबार दिन बीमा समूहरुको परिसूचकमा वृद्धि आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा हरियालि छायो। जीवन बीमा समूह १७.६६ अंकले उकालो लाग्दै ९५९४.६९ को बिन्दुको उचाईमा ...

माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यि दुवै कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ का लागि लाभांस प्रस्ताव गरेका थिए।  लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ माछापुच्छ्रे बैंक र नेपाल ल्युब आयल भोलि बिहीबार (असोज २२ गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले आज...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन आजबाट

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आज बुधबार(असोज २१गते)बाट आईपीओ निष्कासन गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो।  कम्पनीको आइपीओ आजबाट निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म आइपीओ नबिके कात्तिक ६ गतेसम्मका लागि आवेदन दिने समय लम्ब्याइनेछ ।  कुल...