सेयर बजार


दोस्रो दिन जनरल इन्स्योरेनको आईपीओमा आवेदन दिनेको थामिनसक्नु ओइरो, कति पर्यो आवेदन ?

काठमाण्डौ । हिजोदेखि आईपीओ निष्कासन आवेदन खुल्ला गरेको जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आज दोस्रो दिन व्यापक आवेदन परेको छ।  सिडीएससीका अनुसार कम्पनीको आईपीओमा आज सोमबार ५ बजेसम्म ५ लाख १७ हजारभन्दा धेरैको आवेदन परेको छ। यो समयसम्म लगानीकर्ताले १ करोड ४७ लाख १५ हजार बढी कित्ताका लागि आवेदन दिएका हुन्।  हिजो पहिलो दिन कम्पनीको...

नेप्सेमा सामान्य करेक्सन, बीमा समूहको ओरालो यात्रा जारी

काठमाण्डौ । बीमा समूहहरुको परिसूचकमा गिरावट आउने क्रमले आज पनि निरन्तरता पायो। आज पनि जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकले ओरालो यात्राका साथ दिनको अन्त्य गरे। यो दिन जीवन बीमा समूह सर्वाधिक ५२.९१ अंकले घट्दै ९५६०.४५ को बिन्दुमा झर्यो।  यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ४९.८३ अंकले घट्दै ७८०८.१७ को बिन्दुमा सिमित ...

गुराँस लाइफको अवितरित हकप्रद सेयरको लिलामी असोज १३ बाट

काठमाण्डौ । गुरासँ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले असोज १३ गते(भोलि मंगलबार)बाट अवितरित हकप्रद सेयर लिलामीमा राख्न लागेको हो।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्...

1663308665norvic-gif.gif

लगानीकर्ता बैंकमा सिफ्ट हुँदा बीमामा देखिएन उत्साह

काठमाण्डौ। आज पनि बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। गत साताको अन्तिम कारोबार दिन ओरोलो यात्राका साथ बन्द भएको बीमा समूहको परिसूचकमा आज पनि गिरावट देखिएको हो। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा समूहको परिसूचक ८३.५९ अंकले ओरालो लाग्दै ९६१३.३६ को बिन्दुमा झर्यो।  त्यस्तै निर्जीवन बीमा समूहको...

तीन लघुवित्तबीच मर्जर सम्झौता, आरम्भ चौतारीको सेयर कारोबार रोक्का

काठमाण्डौ। तिनवटा लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभिने भएका छन्। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तिीय संस्था र शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका हुन्। हिजो संस्थाहरु एक आपसमा गाभिने सम्बन्धित सम्झौतामा हस्ताक्षर भएको थियो। यससंँगै आरम्भ चौतारी लघुवित्त वित्तीय...

युनिलिभर नेपालद्वारा नगद लाभांस प्रस्ताव, प्रति कित्ता कति ?

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको गत शुक्रबार बसेको सन्चालक समितिको बैठकले नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १०० रुपैयाँका दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको...

16454172591200x120.gif

मेगा बैंकको अवितरित हकप्रद सेयरको लिलामी आजबाट, कति कित्ता सम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको अवितरित हकप्रद सेयर आज आइतबारबाट लिलामीमा राखिएको छ। बैंकको १८ लाख ४० हजार कित्ता अवितरित सेयर आजबाट लिलामी प्रक्रियाबाट बिक्री खुलाइएको हो।  बैंकले २०७४ भदौ २७ गतेदेखि २०७४ कात्तिक १४ गतेसम्म बिक्री खुलाइएकोमा आवेदन नपरेको कुल १८ लाख ४० हजार ७३९।६३ कित्ता हकप्रद लिलामीमा राखेको हो। लिलामीमा...

जनरल इन्स्योरेन्सको आईपीओका लागि आइतबारदेखि आवेदन खुल्दै

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ आउँदो आइतबार अर्थात असोज ११ गतेबाट निष्कासन हुने भएको छ।  कम्पनीको चुक्तापुँजिको १ अर्बको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँबराबरको आइपीओ निष्कासन हुन लागेको हो।  कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५...

बीमा कम्पनीका लागि निरश साता, एउटा बाहेक सबैको मूल्यमा गिरावट

काठमाण्डौ । यो साता बीमा कम्पनीहरुको लागि बिर्सनलायक रह्यो। धितोपत्र दोस्रो बजारमा गत साता जस्तै यो साता पनि बीमा कम्पनीहरुको प्रदर्शन खराब रह्यो। यो साता जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका सबैजसो कम्पनीहरुको सेयरमूल्यमा गिरावट आयो। बीमाका लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा बीमा कम्पनीहरुको बिक्री चाप बढ्न गई...

आज मेरो सेयर केहि समय नचल्ने

काठमाण्डौ । सिडिएसीद्वारा संचालित ‘मेरो सेयर’को सेवा केही घण्टा अवरुद्ध हुने भएको छ ।  सिडिएससीले एक सूचना प्रकाशित गरी यस विषयमा जानकारी दिएको हो ।  ‘मेरो सेयर’को सेवा आज(बिहीबार) साँझ ६ बजेदेखि ९ बजेसम्म अवरुद्ध हुनेछ ।  सिडिएससीले ‘मेरो सेयर’ सफ्टवेयरमा निकै जरुरी मर्मत सम्बन्धी काम गर्नुपर्ने भएकोले ३ घण्टा सेवा...

परिसूचकमा सामान्य अंकको वृद्धि, बीमातर्फ रिलायन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। आज जीवन बिमा र निर्जीवन बीमा कम्पनी दुवैको परिसूचकमा रातो पोतियो। अघिल्लो कारोबार दिन यि दुवै समूहको परिसूचकमा वृद्धि देखिएको थियो।   आज जीवन बीमा समूहको परिसूचक ४४.१ अंकले घट्दै ९६९६.९५ को बिन्दुमा झर्यो। हिजो जीवन बीमा समूहमा ९४.६८ अंकले उकालो लागेको...

गोर्खाज फाइनान्सको साधारणसभाको मिति तय, सेयरधनीलाई लाभांस वितरण नगरिने

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस नदिने निर्णय गरेको छ। संस्थाको यो निर्णयसँगै अब सेयरधनीहरुको हात खालि हुने भएको हो।  यसका साथै संस्थाले सेयरधनीहरुका लागि हकप्रद सेयर पनि जारी नगर्ने निर्णय गरेको छ।  गोर्खाज फाइनान्सको सन्चालक समितिको हिजो बसेको बैठकले संस्थाको २५ औँ...

लगानीको अवसरः सिद्धार्थ बैंकले असोज १६ गतेबाट ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले यहि असोज १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको हो।  बैंकले “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्न लागेको हो।  ऋणपत्रका कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री...

इन्भेष्टमेन्ट बैंक ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति पाइन्छ ?

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ४ अर्ब रुपैयाँ बराबरको ७ वर्षे ऋणपत्र निष्कासन गर्न लागेको हो।  यसका लागि बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको हो।  बैंकले प्रति इकाई १ हजार दरका ४० लाख युनिट ऋणपत्र निष्कासन गर्न लागेको हो।  कुल निश्कासन हुने युनिटमध्ये १६ लाख युनिट पब्लिक इस्यूको रुपमा र...

करेक्सन पश्चात बजार फेरी उकालो यात्रामा, यस्तो रह्यो बीमाको प्रदर्शन !

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुको परिसूचक उकालो लागे। आज जीवन बीमा समूहको पपरिसूचक ९४.६८ अंकले बढ्दै ९७४१.०५ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहको परिसूचक १०९.४७ अंकले घटेको थियो।  त्यस्तै आज निर्जीवन बीमा समूहको परिसूचकमा पनि सुधार आयो। आज निर्जीवन बीमा समूह ७४.७७ अंकले बढ्दै ७९८४.५० को उचाईमा पुग्न सफल...