सेयर बजार


नेप्सेमा सामान्य अंकको वृद्धि, हाइड्रोका लगानीकर्ता मालामाल हुँदा बीमाका भने निराश

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो कारोबार दिन जस्तै आज पनि बीमा समूहहरुको परिसूचकमा गिरावट आएको हो। आज जीवन बीमा समूह २५.७९ अंकले घट्दै ९५७७.०२ को बिन्दुमा सिमित बन्यो।  त्यस्तै आज निर्जीवन बीमा समूह पनि ५७.०२ अंकले घट्दै ७८९५.९० को बिन्दुमा झर्यो। १२ वटा समूहकको परिसूचकमध्य आज...

सिद्धार्थ बैंकको ऋणपत्र खरिदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज १६ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र खरिदको आवेदन खुलाएको थियो ।   बैंकको ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक ऋणपत्र निष्कासन गरिएको थियो ।  यो ऋणपत्रमा...

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, ५.२४ लाख आवेदकको भागमा परेन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।  कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज मंगलबार बिहान १०.३० बजे आईपीओ बाँडफाँड गरेको हो।  आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ताका लागि आवेदन परेको सो क्रममा बताइयो । परेका आवेदनमध्ये २१८८ जनाबाट ४८...

1663308665norvic-gif.gif

नेको इन्सुरेन्सको संस्थापक सेयरको लिलामी आजबाट

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आज मंगलबारदेखि संस्थापक सेयर लिलामीमा राखेको छ। कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा...

नेप्सेमा ३.६३ अंकको करेक्सन, बीमातर्फ सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो कारोबार दिन दुवै समूहको परिसूचकमा वृद्धि भएपनि आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहको परिसूचकमा गिरावट आएको हो। हिजो वृद्धि भएको बजारको फाइदा उठाउदै बीमाका लगानीकर्ता मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा बीमा समूहहरुमा गिरावट आएको हो।  आज जीवन बीमा...

नेपाल फाइनान्सलाई करिब रु.१७ करोड बराबरको हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। संस्थाले १ः१.२५ अनुपातको हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो।  नेपाल धितोपत्र बोर्डले हिजो आइतबार नेपाल फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति दिएको हो। अब कम्पनीले रु। १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। कम्पनीले रु। १००...

16454172591200x120.gif

सामलिंग पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त

काठमाण्डौ । सामलिंग पावर कम्पनीले लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता रु। १०० अंकित दरका १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। आईपीआकोे निष्कासनका तथा बिक्री प्रबन्धकको रुपमा कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ...

गुराँस लाइफको लिलामी सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर गत असोज १३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको हो। जसमा संस्थापक समूहको ३ लाख ३७...

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमातर्फ पुनर्बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । बीमा समूहहरुले उकालो यात्राका साथ साताको पहिलो दिनको सुरुवात गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा दुव समूहको परिसूचकमा वृद्धि देखियो। अघिल्लो कारेबार दिनको प्रर्दशनलाई निरन्तरता दिदै आज पनि दुवै समूहको परिसूचकमा वृद्धि देखिएको हो।  आज जीवन बीमा समूहको परिसूचक ४५.०३ अंकले बढ्दै ९६८४.१६ बिन्दुको उचाईमा पुग्यो। अघिल्लो...

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँडको तयारी, भाग्यशाली आवेदक कति ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको  गत असोज ११ गतेदेखि आईपीओ निष्कासन गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उक्त आईपीओ बाँडफाडँको तयारी गरेको छ।  क्यापिटलले आज बेलुकासम्म प्रिअलमेन्ट कार्य सकेर मंगलबारसम्म आईपीओ बाँडफाँडको तगारी गरेको जनाएको छ।  कम्पनीले गत असोज ११ गते २७ लाख ५० हजार...

सानिमा इक्विटी फन्डद्वारा ७% प्रतिफल वितरणको घोषणा

काठमाण्डौ। सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीहरुलाई ७ प्रतिशत प्रतिफल वितरणको घोषणा गरेको छ।  फन्डको १८ गते आइतबार बिहान बसेको सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ का लागि सो अवधिसम्मको मुनाफा र कायम रहेको सञ्चित जगेडाबाट समेत गरी सानिमा इक्वीटी फण्डका सेयरधनीहरुलाई योजनाको आकार १ अर्ब ३० करोड...

एनआरएन लघुवित्तको विशेष साधारणसभा आज, एफपिओ निष्कासन प्रमुख अजेन्डा

काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित विशेष साधारणसभा आज हुँदै छ।  संस्थाको गत असोज ४ गते बसेको सञ्चाकल समितिको ५२ औँ बैठकको निर्णअनुसार कोरोना महामारीका कारण स्थगित विशेष साधारणसभा आज हुन गइरहेको हो।  संस्थाको यो सभा धनगटीस्थित दिनेश होटलमा आयोजना हुनेछ।  सभामा एफपीओ निष्कासन र संस्थाको नाम ठेगाना...

सिभिल लघुवित्तले असोज २५ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ।  संस्थाले यहि असोज २५ गतेदेखि कुल ८९ हजार ४५० कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो। जसमा संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता रहेको छ।  गत साउन २५ गतेदेखि भदौ २९ गतेसम्म जारी गरेको हकप्रद सेयरमध्ये...

मेगा बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मेगा बैंकको लिलामीमा रहेको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज ११ गतेबाट २०७४ भदौ ७ गतेदेखि कात्तिक १४ गते सम्म बिक्री खुलाएको हकप्रदमा आवेदन नपरेपछि १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयरमा आवेदन खुुलाएको थियो ।  योग्य व्यक्ति, कम्पनी, संघसंस्था आदिले लिलामीमा राखिएको सेयर खरिदका लागि...

यो साता बीमा कम्पनीहरुको उत्कृष्ठ पुनरागमन, निर्जीवन बीमाका लगानीकर्ता मालामाल

काठमाण्डौ । अघिल्लो दुई साताको खराब प्रदर्शनलाई सुधार्दै यो साता बीमा कम्पनीहरुले उत्कृष्ठ पुनरागमन गरेका छन्। धितोपत्र दोस्रो बजारमा यो साता बीमा कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखियो। यो एक साताको अवधिमा निर्जीवन बीमा समूहका सबै कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो भने जीवन बीमा समूहका ५ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि ...